दीपकराज गिरीको कटाक्ष : 'सरकार सधै संकटमा, जनतालाई कसले बचाउँछ ?'
बुधबार, ०४ फागुन २०७८, १२ : ३५

कलाकार दीपकराज गिरी समसामयिक विषयमा टिप्पणी गर्न माहिर छन् । उनले सामाजिक संजालमा गरेको टिप्पणीले राम्रै चर्चा समेत पाउने गरेको छ । केही दिन अगाडि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्ने समेत उनले सुझाएका छन् । यो बिषयमा सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको ढुकुटी सकेर सांसद छनौट गर्नुको मतलब के ? भनेर समेत उनले प्रश्न उठाएका थिए । उनले उठाएको यो प्रश्नले सामाजिक संजालदेखि मिडियासम्म चर्चा पाएका थिए ।
अहिले फेरी गिरीले एमसीसीको कारण सरकार संकटमा परेको बिषयमा कटाक्ष गरेका छन् । ‘जुन देशको जनता संकटमा हुन्छ । त्यो देशको सरकारले बचाउँछ’, उनले सामाजिक संजालमा लेखेका छन् ‘जुन देशको सरकार नै सधै संकटमा हुन्छ, त्यो देशको जनतालाई कस्ले बचाउँछ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
-
बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
-
अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने
-
पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ
-
भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बन्धक
-
काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु