एमसीसीको लफडा : सडकमा आयो माओवादी (फोटोफिचर)

अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) को विरोधमा माओवादी केन्द्र लगायत विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौैका माइतीघर, बबरमहल, नयाँ बानेश्वर र मीनभवनमा विरोध प्रदर्शन गरेका हुन् । माओवादी केन्द्र निकट वाइसीएल अखिल क्रान्तिकारीले एमसीसीको विरोधमा नयाँ बानेश्वरस्थित एभरेष्ट होटल सडक खण्डमा प्रदर्शन गरेको छ ।
त्यसैगरी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बिहान ११ बज माइतीघरमा भेला भएर जुलुससहित बानेश्वर जाने कार्यक्रम छ ।
अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमसीसीको विरोधमा प्रदर्शन गर्दैछ । मिनभवनस्थित कमर्श क्याम्पसमा भेला भएर एमसिसीविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला