सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

काठमाडौंँ फर्कियो ‘तिमी कसको ?’ सुटिङ युनिट

बुधबार, ०४ फागुन २०७८, ११ : ४७
बुधबार, ०४ फागुन २०७८

फिल्म ‘तिमी कसको ?’ सुटिङ युनिट काठमाडौं फर्किएको छ । माघको दोस्रो सातादेखि फिल्म छायांकन गर्न तेह्रथुम पुगेको निर्माण युनिट ८० प्रतिशत काम सकाएर काठमाडौ फर्किएको हो । फिल्मको बाँकी छायांकन काठमाडौं हुनेछ ।

फिल्मका निर्देशक तथा निर्माता जीवन श्रेष्ठ हुन् । दि पाल्म ग्रुप्स् फिलिम्स प्रालिको व्यानरमा हर्षिका इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्म तेह्रथुमको तिनजुरे, वसन्तपुर बजार, लालीगुराँस नगरपालिकाको चोलुङ काँडे, सुजेपु तिनछाँगे झरना लगायत बिभिन्न स्थानमा छायांकन भएको छ ।

प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मा लगायत कलाकारले फिल्ममा मुख्य भुमिका रहेको छ । आकाश अकुलेको संगीत र निर्देशक श्रेष्ठको कथा रहेको फिल्ममा अर्जुन थापाको पटकथा र सम्वाद छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप