ब्लु बुक नवीकरण शुल्क ‘खल्ती’मार्फत कसरी तिर्ने ?

अनलाइन भुक्तानी सेवा खल्तीले निजी सवारी साधन प्रयोगकर्ताको लागि ब्लु बुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । ब्लु बुकको शुल्क अनलाइनबाटै तिर्न मिल्ने गरि खल्तीले यो सेवा प्रदान गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरूले यस सेवाको लाभ लिन सक्ने भएपनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले भुक्तानी गर्नु पुर्व आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्छ । यो कार्य नागरिक एप वा यातायात व्यवस्थापन सूचना प्रणाली को वेबसाइटमार्फत गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।
एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताले ब्लु बुक नवीकरण गर्न सकिन्छ । खल्ती एप भित्र भएको गर्भमेन्ट सर्विसेसमा रहेको ब्लु बुक रिन्युमा नवीकरणमा ट्याप गर्नुपर्छ । साथै, आवश्यक विवरणहरू भर्ने र भुक्तानी गर्नुपर्ने हुन्छ ।
नयाँ प्रयोगकर्तालाई अन्योल नहोस् भनेर स्याम्पल बिल एपमै उपलब्ध उपलब्ध छ । भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुन्छ । भिआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताले १० मिनेटमा खल्ती बाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्शनमा गइ दुवै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि ३० दिनभित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नुपर्छ ।
खल्तीले मोबाइल, टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम र अनलाईन सपिङ्ग गरि ६० हजार बढी सेवाग्राहीलाइ डिजिटल भुक्तानी तथा रकम आदानप्रदानमा सेवा दिइरहेको छ । साथै, विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्तालाई समयको साथै पैसाको बचतमा पनि योगदान दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
-
देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं
-
संविधानको रक्षा, पालना र कार्यान्वयन आजको प्राथमिकता : अध्यक्ष दाहाल