एमसीसीमा माधव नेपालको पार्टीले के गर्ला ?
![एमसीसीमा माधव नेपालको पार्टीले के गर्ला ?](https://rpcdn.ratopati.com/media/albums/madhab-nepal-chair_kjI6GIIBN6.jpg)
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे नेकपा एमालेजस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि अलमलमा छ । एमसीसी संसदमा टेबल भएमा पार्टीले के गर्ला भन्ने रातोपाटीको प्रश्नमा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराज श्रेष्ठको व्याख्या यस्तो छ–
एमसीसीबारे हामीले पार्टीको औपचारिक बैठकबाट ठ्याक्कै कुनै निर्णय गरिसकेका छैनौं । पार्टीमा यो छलफलको विषयचाहिँ बनेको छ । विगतमा छलफल भएर एउटा धारणा बनेको भनेको एमसीसी सम्झौतामा रहेका राष्ट्रहित विपरीतका बुँदाहरूलाई संशोधन गर्नूपर्छ, सच्चाउनुपर्छ भन्ने नै हो । त्यसका कतिपय कुरालाई परिमार्जन गर्नुपर्छ नै भन्ने अहिलेसम्मको हाम्रो धारणा छ ।
बाँकी तत्काल अहिले विकसित घटनाक्रमहरुका बारेमा के गर्ने भन्नेमा हामीले स्थायी कमिटी बैठक फागुन ७ गते बोलाएका छौ । त्यसअघि हाम्रो दलको बैठक एक–दुई दिनमै बस्छ । त्यहाँ छलफल भएपछि रिसेन्ट डेभलपमेन्टका बारेमा धारणा आउँछ ।
सोमबार भएको सर्वदलीय बैठकमा पनि हामीले यिनै कुरा राखेका छौं । एमसीसीका बारेमा संसदमै छलफल गरौं, त्यसक्रममा आ–आफ्ना कुराहरु राखौं भनेर सर्वदलीय बैठकमा उठेको हो । तर, कसरी जाने के गर्ने भन्नेमा ठोस निष्कर्षमा पुगिएको होइन । यसमा खासगरी नेपाली काँग्रेसले बढी जोड गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना