एमालेको संसद अवरोध कायमै, कार्यव्यवस्था समितिमा पनि नजाने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोधलाई कायमै राख्ने भएको छ । आफुले कारवाही गरेका १४ सांसदबारे सभामुख अग्नि सापकोटाले सूचना ननिकालेको भन्दै एमालेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिस्कार गर्ने भएको हो ।
‘हामीले कारवाही गरेका १४ सांसदमाथि कारवाहीको सूचना जारी गर्न सभामुखलाई भनेको धेरै समय भैसक्यो । तर सभामुखले हाम्रो आग्रहलाई कुनै सुनुवाई गर्नुभएन’, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘यस्तो अवस्थामा कार्यव्यवस्था परामर्श समितिमा सहभागीता जनाउनुको अर्थ छैन ।’
नेता नेम्वाङले संसद अवरोध कायमै राख्ने र कार्यव्यवस्थामा आउँदैनौ भनेर प्रमुख सचेतकले जानकारी दिने बताए । ‘हाम्रो अवरोध निरन्तर रहन्छ । कार्यव्यवस्थामा हामी सहभागी हुँदैनौ भनेर प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराउनुुहुन्छ’, नेता नेम्वाङको भनाई छ ।
सभामुख अग्नि सापकोटाले १ बजे बस्ने प्रतिनिधिसभा बैठक अघि ११ः ३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद बैठकका कार्यसूची तय गर्न बोलाइने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् २१ र २२ गते
-
दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल रद्द, यस्तो बन्यो समीकरण
-
असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
अब गैरबैंकिङ वित्तीय संस्था सम्पत्ति शुद्धीकरणको दायरामा