शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा ज्यान गुमाएका दीप सिद्धूका लागि प्रेमिकाको भ्यालेन्टाइन विश, को हुन् रिना राय ?

बुधबार, ०४ फागुन २०७८, १० : २९
बुधबार, ०४ फागुन २०७८

पञ्जाबका चर्चित अभिनेता दीप सिद्धूलाई उनकी प्रेमिका रिना रायले भ्यालेन्टाइन डे को अवसरमा विश गरेकी थिइन् । उनले इन्स्टाग्राम स्टोरीमा आफू र दीपको फोटो सेयर गर्दै ह्याप्पी भ्यालेन्टाइन डे भनेर विश गरेकी थिइन् । तर, त्यसको २४ घण्टा नबित्दै दीपको सडक दुर्घटनामा निधन भएको छ । दुर्घटनाका बेला रिना पनि गाडीमै थिइन् । तर उनलाई सामान्य चोट लागेको छ ।

दीप सिद्धू पनि आफ्नी प्रेमिकालाई असाध्यै प्रेम गर्दथे । उनले एकपटक रिनाका लागि निकै रोमान्टिक पोस्ट लेखेका थिए । दीपले आफ्नो यो पोस्टमा रिनाका लागि खुल्ला रुपमा प्रेम व्यक्त गरेका थिए र मुश्किल समयमा पनि उनलाई साथ दिएकोमा धन्यवाद दिएका थिए ।

दीपले आफ्नो पोस्टमा लेखेका थिए, ‘जब पूरा दुनियाँ मेरो विरुद्धमा थियो, तब तपाईंले मलाई साथ दिनुभयो । मलाई सुरक्षित राख्नुभयो, मलाई इज्जत दिनुभयो, मेरो आत्मबल बनिदिनुभयो । मेरा चिज र स्वतन्त्रताका लागि प्रार्थना गर्नुभयो । तर मेरो मुटु र आत्मालाई त्यो कुराले छोयो जब तपाईंले आफ्नो जीवन मेरा लागि रोकिदिनुभयो । तपाईं मसँग हुनु मेरा लागि निकै महत्वपूर्ण छ । तपाईंको प्रेम र समर्थनलाई शब्दमा बयान गर्न सकिँदैन । तपाईं मेरा शब्दभन्दा पनि माथि हुनुहुन्छ र तपाईंजस्तो व्यक्तिलाई मैले आफ्नो जीवनमा पाएर म असाध्यै भाग्यमानी महसुस गर्छु । म तपाईंलाई असाध्यै माया गर्छु ।’

को हुन् रिना राय ?

रिना राय एक पञ्जाबी नायिका हुन् । रिनाले थुप्रै पञ्जाबी फिल्म र गीतमा सिद्धूसँग स्क्रिन सेयर गरिसकेकी छिन् । पञ्जाबमा यी दुई जोडीलाई हिट मानिन्छ । प्रशंसकले पनि यी दुईलाई अत्यधिक प्रेम दिए । पञ्जाबी फिल्म ‘रंग’ बाट रिनाले विशेष पहिचान पाएकी थिइन् । यो फिल्ममा उनको अभिनय र भूमिकालाई प्रशंसकले असाध्यै मन पराएका थिए ।

भारतमा कृषि कानुनको विरोधमा भएको किसान आन्दोलनका बेला रिनाले हरेक कदममा दीपलाई साथ दिएकी थिइन् । २६ जनवरीको घटनापछि रिनाले नै दीपलाई फरार हुन मद्दत गरेकी थिइन् । उनी सोसल मिडिया प्लेटफर्ममा उनको भिडियो सेयर गर्ने गर्थिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप