शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा बन्दको प्रभाव सामान्य

बुधबार, ०४ फागुन २०७८, १० : २३
बुधबार, ०४ फागुन २०७८

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी_को विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले आह्वान गरेको बन्दको बागमती प्रदेशमा सामान्य प्रभाव देखिएको छ । बन्दको प्रभाव मकवानपुरसहित प्रदेशका १३ जिल्लामा सामन्य रुपमा देखिएको हो । प्रदेशका मकवानपुर, चितवन, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बन्दको प्रभाव सामान्य रुपमा परेको छ ।

बन्दका कारण प्रदेशभर लामो तथा छोटो दुरीका सवारीका साधन अत्यन्त कम मात्र चलेका छन् । प्रदेशको राजधानी हेटौंडासहितका शहरहरुका पसल थोरै मात्रामा खुलेका छन् भने शिक्षण संस्था ठप्प छन् ।

थोरै मात्रामा निजी सवारीका साधन चलेपनि सार्वजनिक तथा लामो दुरीका सवारीका साधनहरु सञ्चालन हुन सकेका छैन । सडकमा बन्दकर्ता नदेखिएको प्रहरीको भनाइ छ । सबै जिल्लाका राजमार्गहरुमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

बन्दमा कुनै अप्रिय घटना नहोस भन्नका लागि सडक र चोकचोकमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप