दुई खेलअघि अष्ट्रेलियालाई टी-२० क्रिकेट शृंखला
बुधबार, ०४ फागुन २०७८, ०९ : २१
![दुई खेलअघि अष्ट्रेलियालाई टी-२० क्रिकेट शृंखला](https://rpcdn.ratopati.com/media/albums/4646dc5aaa1252624b63956e50778e88_yEqfBC8Qdm.webp)
अष्ट्रेलियाले श्रीलंकाविरुद्धको टी-२० क्रिकेट शृंखला दुई खेल अगाबै जितेको छ । तेस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराउदै अष्ट्रेलियाले पाँच खेलको शृंखलामा ३-० ले कब्जा जमाएको हो ।
घरेलु मैदानमा १२२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्याे । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले ३९ रन, कप्तान आरोन फिन्चले ३५, तथा जोश इन्लिसले २१ रनको योगदान दिए ।
यसअघि टस हातेर ब्याटिङ निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो । श्रीलंकाका लागि कप्तान डसुन सनकाले अविजित ३९, दिनेश चन्डिमालले २५ तथा पाथुम निशन्काले १६ रनको योगदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
-
विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ
-
अस्पतालले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्छ : स्वास्थ्य मन्त्री
-
जुसको बट्टाभित्र कोकिन, दुई जना विदेशी पक्राउ
-
बैंकको निक्षेप ६३ खर्ब नाघ्यो, कर्जा लगानी ७९ प्रतिशत मात्रै
-
पिकनिक मनाउन गएका एकै परिवारका ४ जनाको डुबेर मृत्यु