शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा तीन खेल, साविक विजेता र नवप्रवेशी क्लब भिड्दै

बुधबार, ०४ फागुन २०७८, ०८ : ५५
बुधबार, ०४ फागुन २०७८

साबिक विजेता मछिन्द्र फुटबल क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दै गर्दा सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।

दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल जिते मछिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन बन्नेछ  । हार या बराबरले भने लिग जित्न मछिन्द्रले अर्को खेल कुर्नुपर्नेछ । 

शीर्ष स्थानको मछिन्द्रको १० खेलमा २६ अंक छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा छ ।

सोही समय सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फुटबल क्लबलाई हिमालयन शेर्पा क्लबले चुनौती दिनेछ  । आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा  छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा छ ।

दिनको तेस्रो खेलमा दशरथ रंगशालामा बिभागीय टोली  नेपाल पुलिस क्लब र थ्री स्टार क्लब आमने सामने हुनेछन्  । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा छ भने पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप