बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कोटेश्वर चोकमा ट्याक्सी जलाउन खोज्ने बन्दकर्ता पक्राउ

काठमाडौंका विभिन्न ठाउँबाट ६ जना समातिए
बुधबार, ०४ फागुन २०७८, ०७ : २८
बुधबार, ०४ फागुन २०७८

एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विभिन्न संगठनहरुले बुधवार नेपाल बन्द गरेका छन् । बन्द गराउन निस्केका ३ जनाले कोटेश्वर चोकमा ट्याक्सी जलाउने प्रयास गरेका छन् । तर, प्रहरी सक्रियताका कारण ट्याक्सी जल्नबाट रोकिएको छ । ट्याक्सीमा पेट्रोल छर्केर जलाउन खोज्ने १ जनालाई पेट्रोल सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा काभ्रे घर भएका ५० वर्षीय मंगलबहादुर मोक्तान छन् । ट्याक्सी जलाउन खोज्ने अरु दुईजना भागेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आयोजना गरेका हुन् । बन्द गराउन निस्केका ६ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको एसपी मैनालीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप