संसद बैठकअघि माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
बुधबार, ०४ फागुन २०७८, ०५ : ५४
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे बैठक बोलाएको हो ।
पार्टीका सांसद अमनलाल मोदीका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यस्तै संसदअघि कार्यव्यवस्था समितिको बैठकबाट एमसीसीसम्बन्धी एजेण्डा तय हुन सक्ने बताइएको छ ।
प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा नै माओवादीको छलफल केन्द्रीत हुने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती