आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आईएमई पेमार्फत भुक्तानी गर्ने दुई जोडीले जिते चन्द्रागिरि रिसोर्टमा प्याकेज

मङ्गलबार, ०३ फागुन २०७८, २२ : १४
मङ्गलबार, ०३ फागुन २०७८

आइएमई पेले प्रणय दिवसको अवसरमा ल्याइएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गर्ने २ जोडीले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जितेका छन् । ४ फेब्रुअरी देखि १२ फेब्रुअरी सम्म चलेको क्याम्पियनबाट दिनेश कुमार र दुर्गा गुरुङ विजेता बनेका हुन् ।

आइएमई पेमार्फत हवाई टिकट बुकिङ गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल उनीहरूलाई आइएमई कम्प्लेक्समा एक विशेष कार्यक्रम आयोजना गर्दै टिकट हस्तान्तरण गरिएको छ । सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, चन्द्रागिरि केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ अफर रहेको छ ।

उक्त अवसरमा बोल्दै आईएमई पे का प्रमुख कार्यकारी अधिकृत विकासकुमार नाहाटाले भ्यालेनटाइन्स अफर अन्तर्गत भ्यालेनटाइन्स प्याकेज जिनेकोमा जोडीलाई बधाई दिए । उनले विगत केही वर्ष देखि आइएमई पेमार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक ६०० रुपैयाँसम्म क्यासव्याक पाउने गरेको र आइएमई पे मार्फत हवाई टिकट निकै सहज ढङ्गले काट्न सकिने सेवाग्राहीहरुको प्रतिकृया रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप