बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारले एमसीसी अघि बढाउन लागेपछि ५ दल आक्रोशित

मङ्गलबार, ०३ फागुन २०७८, २२ : ११
मङ्गलबार, ०३ फागुन २०७८

सरकारले एमसीसी प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ५ दल आक्रोशित बनेका छन् । ती दलले यसविरुद्ध आन्दोलनलाई आक्रामक बनाउने बताएका छन् । 

बुधबार बन्दको घोषणा नै गरेका ती दलले बिहीबारदेखि थप सशक्त आन्दोलनको कार्यक्रम तय गर्ने बताएका छन् । बुधबार बस्ने प्रतिनिधिसभामा काँग्रेस नेतृत्वको सरकारले एमसीसी टेबुल गर्न खोजेको छ भने त्यसका लागि प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न सभामुखलाई आजै आग्रह गरिसकेका छन् । सोही अनुसार बुधबार समितिको बैठक राखेर एमसीसीको कार्यसूची बनाउने तयारी भएको बताइएको छ । 

‘देउवा सरकारले फागुन ४ गते बोलाइएको संसद बैठकमा एमसीसी कम्प्याक्ट सदनमा टेबुल गर्ने र पारित गर्ने अन्तिम प्रपञ्च गरी राखेको छन्’, विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त राष्ट्रघाती षड्यन्त्र राष्ट्रिय मुक्ति आन्दोलन सञ्चालन गरी राखेका देशभक्त नेपाली जनतालाई सह्य छैन ।’

एमसीसीले राष्ट्रिय स्वाधीनता माथि खतरा निम्त्याउने पनि जिकिर गरिएको छ । विज्ञप्ति जारी गर्नेमा नेपाल कम्युनिस्ट पार्टीसहित, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, ऋषि कट्टेलको नेकपाका साथै देशभक्त जनगणतान्त्रिक मोर्चा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप