टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा, को–को परे ?
आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो ।
टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा रहेका छन् ।
टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन् । टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन् । फागुन ६ गते ओमान, ७ गते फिलिपिन्स र ९ गते क्यानडासँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट