शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा जीप दुर्घटना : एकको मृत्यु, ६ घाइते

मङ्गलबार, ०३ फागुन २०७८, २१ : १४
मङ्गलबार, ०३ फागुन २०७८

दैलेखको महावु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु–५ का ४० वर्षीया रामबहादुर हमाल रहेका छन् । चालक सहित घाइते ६ जनालाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको  छ ।

सदरमुकाम दैलेख बजारबाट महावुतर्फ जाँदै गरेको बा ०१–०२६च ५२६४ नम्बरको जीप अनियन्त्रित भएर महावुको फागु भन्ने स्थानमा दुर्घटनामा परेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहाका अनुसार जीप मंगलबार साँझ साढे छ बजेतिर दुर्घटना भएको हो । जीप सडकबाट एकसय मिटर तल खसेको साहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप