बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बैङ्कहरूको निक्षेपमा आएन कुनै सुधार, एक हप्तामा कर्जा माग ६ अर्बले बढ्यो

मङ्गलबार, ०३ फागुन २०७८, २० : ५२
मङ्गलबार, ०३ फागुन २०७८

तरलता अभावका बीच यस हप्ता पनि बैंकिङ निक्षेपमा खासै सुधार आउन सकेन । अघिल्लो हप्ता अर्थात् गत माघ १४ गतेदेखि २१ गतेसम्म कुल ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेका २७ वाणिज्य बैङ्कहरूले पछिल्लो हप्ता अर्थात् माघ २१ गतेदेखि २९ गतेसम्म पनि सोही ४३ खर्ब ११ अर्ब कायम भएको हो । 

तर, सोही समय यता कर्जा माग तर्फ भने ६ अर्बले वृद्धि भएको नेपाल बैंकर्स संघले बताएको छ । संघका अनुसार माघ १४ गतेदेखि २१ गतेसम्म बैङ्कहरूले कुल ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ४९ अर्ब लगानी गरेकामा पछिल्लो हप्ता ६ अर्बले कर्जा लगानी बढाएका छन् । अर्थात् माघ २१ गतेदेखि २९ गतेसम्ममा बैङ्कहरूले कुल ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 

यसले बजारमा लगानी योग्य पुँजी (तरलता अभाव) को समस्या कायमै रहेको बताउँछ । यसैले तरलता बढाउनकै लागि बैङ्कहरूले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् । तर यस्तो ब्याजदर वृद्धिको चौतर्फी विरोध भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप