बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

इमर्जिङ नेपालको आईपीओ बाँडफाँट बुधबार गरिने

मङ्गलबार, ०३ फागुन २०७८, २० : ५०
मङ्गलबार, ०३ फागुन २०७८

इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट बुधबार (भोलि) गरिने भएको छ । कार्निभल रेस्ट्रो एण्ड मिटिङ्समा भोलि दिउँसो साढे तीन बजे आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी दिएको छ । 

माघ २६ देखि फागुन १ सम्म आईपीओ निष्काशन गर्दा  दुई अर्ब ७९ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको पाँच लाख ५५ हजार ६०० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । २४ लाख २५ हजार ५३१ जनाले दुई करोड ७९ लाख ३६ हजार ३६ सय कित्ताका लागि आवेदन दिएका हुन् । 

कम्पनीले ११ हजार ११२ कित्ता आफ्ना कर्मचारी, २७ हजार ७८० कित्ता म्यूच्युअल फण्ड र बाँकी पाँच लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो । प्रतिकित्ता सेयरको मूल्य १०० रुपैयाँ तोकिएको थियो । बिक्री प्रबन्धकले प्रि–अलोटमेन्ट भने आजै गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप