मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्लोबल आइएमई बैंकद्वारा थप ९ शाखारहित बैंकिङ्ग सेवा विस्तार

मङ्गलबार, ०३ फागुन २०७८, २० : ४७
मङ्गलबार, ०३ फागुन २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एवम् उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमाल्याएको हो । 

नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको बैंकले जानकारी दिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिनसक्ने बैंकको दाबी छ । 

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्म रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिसहोम÷सीडीएमए÷यूटीएल÷एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिनसक्ने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप