नबिल बैंकका ग्राहक र कर्मचारीले सोवा हेल्थ केयरमा छुट पाउने
नबिल बैंकका ग्राहक र कर्मचारीहरूले अब सोवा हेल्थ केयर पोलिक्लिनिकमा विभिन्न छुट पाउने भएका छन् । पोलिक्लिनिकका विभिन्न सेवा–सुविधाहरूमा छुट कार्यान्वयन गराउन दुई संस्थाले सम्झौता गरेका हुन् ।
सो अस्पतालमा अब नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले साझेदारीको लाभ उठाउन पाउन बैंकले जानकारी दिएको छ । सोवा हेल्थकेयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको पोलिक्लिनिक हो । सो पोलिक्लिनिकले चिकित्सा र टेलिमेडिसिन दिने गरेको छ ।
कोभिड महामारी रोकथाम क्रममा सेवा हेल्थकेयरले घरमै पुगेर नमुना सङ्कलन, खोप, अनलाइन चिकित्सा परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
सोवासँग स्वास्थ्य सेवा निम्ति सम्झौता गरेका नबिल बैंकले देशभर हालसम्म १३५ शाखा, १८७ एटीएम, १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।