शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

६३ औँ स्थापना दिवसमा बुटवल उपमहानगरद्वारा विभिन्न व्यक्तिलाई सम्मान

मङ्गलबार, ०३ फागुन २०७८, २० : २३
मङ्गलबार, ०३ फागुन २०७८

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६३ औँ स्थापना दिवस मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उपमहानगरमा भौतिक पूर्वाधारको विकासका साथै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा समेत योगदानका कामलाई प्राथमिकताका दिनुपर्ने बताए । उनले ऐतिहासिक, प्राचीन र पर्यटकीय केन्द्रको रूपमा बुटवललाई समृद्ध बनाउने योजनाहरूमा  संघीय , प्रदेश  सबै तहका सरकारको सहयोग हुने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल भौतिक पूर्वाधारका कामसँगै उपमहानगरको योजना अगाडि बढाएको बताए । उनले बुटवलको गौरवपूर्ण इतिहास बोकेको सहर भएको भन्दै इतिहासलाई साक्षी राखेर विकासको कामलाई उत्कृष्टता प्रदान गरिएको दाबी गरे ।

सो अवसरमा  पत्रकारदेखि विभिन्न करदाताहरूलाई सम्मान गरिएको थियो ।  उपमहानगरले सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरेको छ । सम्पत्ति कर बढी बुझाउने विलासमोहन बाझांगथाने, ईश्वरी पाठक र मधुसूदनलाल श्रेष्ठलाई व्यक्तितर्फ र संस्थागत तर्फ नेपाल हाईड्रो एण्ड ईलेक्ट्रीक लिमिटिड, एभरेष्ट बोडीङ्ग स्कुल प्रालि बुटवल, सुरपद्मा हाउजिङ्ग प्रालि बुटवललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । यस्तै बहाल कर बढी बुझाउने मधुसूदनलाल श्रेष्ठ, पोष्टराज ज्ञवाली/मञ्जु ज्ञवाली, कुसुमदेवी शाक्यलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप