आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा तीन दिनसम्म प्रजातन्त्र दिवस मनाइने

मङ्गलबार, ०३ फागुन २०७८, २० : १६
मङ्गलबार, ०३ फागुन २०७८

बागमती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस वर्ष प्रदेशभर तीन दिनसम्म प्रजातन्त्र दिवस तीन दिन मनाउने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइने छ । बैठकले मुख्यमन्त्री पाण्डेको सभाध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री कृष्ण प्रसाद खनालका अनुसार ६ गते सार्वजनिक स्थल सरसफाइ, ७ गते साइकल र्‍याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झन्डोत्तोलन गर्ने कार्यक्रम तय गरिएको छ । तीन दिनै प्रदेशभर दीपावली गरिने उनले बताए ।

‘सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने छ । तिनै दिन प्रदेशभर दीपावली गरिने छ । सञ्चार क्षेत्रबाट परिसंवाद कार्यक्रम सञ्चालन गर्ने र प्रचारप्रसारको जिम्मेवारी पत्रकार महासंघ बागमती प्रदेश समितिलाई दिइएको छ ।’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप