बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

६ दलको बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको सर्कुलर

मङ्गलबार, ०३ फागुन २०७८, २० : १२
मङ्गलबार, ०३ फागुन २०७८

गृह मन्त्रालयले विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको छ । मन्त्रालय अन्तरगतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सबै जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो।  

‘प्रस्तुत विषयमा नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानुन विपरीतका उल्लेखित गतिविधिहरू हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’, मन्त्रालयको सर्कुलरमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप