बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल बैंकका ग्राहकलाई एक तोला सुन उपहार

मङ्गलबार, ०३ फागुन २०७८, २० : १०
मङ्गलबार, ०३ फागुन २०७८

नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले एक तोला सुन उपहार पाएका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।

बैंकको आदर्शनगर शाखामा गत बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालय प्रमुख शिवराम मिश्रले उपहार विजेता केसीलाई सुन हस्तान्तरण गरे । सुन विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहारस्वरूप सुन पाउँदा आफूलाई धेरै खुसी लागेको बताए । उनले आफ्ना साथीभाइ, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाब दिने जनाए । 

बैंकका मधेस प्रदेश कार्यालय प्रमुख मिश्रले उपहार विजेता केसीलाई बधाई दिँदै नेपाल बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या दिन/प्रतिदिन उल्लेख्य रूपमा बढ्दै गएको बताए । साथै, प्रभावकारी ग्राहक सेवा दिन बैंक प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।

नेपालकै पहिलो बैंक नेपाल बैंकले हालसम्म देशभर २१३ शाखा, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउण्टर स्थापना गरी सेवा दिँदै आएको छ । बैंकले पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप