नेपाल बैंकका ग्राहकलाई एक तोला सुन उपहार
नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले एक तोला सुन उपहार पाएका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।
बैंकको आदर्शनगर शाखामा गत बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालय प्रमुख शिवराम मिश्रले उपहार विजेता केसीलाई सुन हस्तान्तरण गरे । सुन विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहारस्वरूप सुन पाउँदा आफूलाई धेरै खुसी लागेको बताए । उनले आफ्ना साथीभाइ, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाब दिने जनाए ।
बैंकका मधेस प्रदेश कार्यालय प्रमुख मिश्रले उपहार विजेता केसीलाई बधाई दिँदै नेपाल बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या दिन/प्रतिदिन उल्लेख्य रूपमा बढ्दै गएको बताए । साथै, प्रभावकारी ग्राहक सेवा दिन बैंक प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।
नेपालकै पहिलो बैंक नेपाल बैंकले हालसम्म देशभर २१३ शाखा, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउण्टर स्थापना गरी सेवा दिँदै आएको छ । बैंकले पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ