सडक दुर्घटनामा परी यूएईमा एक नेपाली नर्सको मृत्यु

person explore access_timeफागुन ३, २०७८ chat_bubble_outline0

यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) को रसअलखेमाहमा एक नेपाली नर्सको सडक दुर्घटनामा परी मृत्यु भएको छ। विगत तीन वर्ष देखि यूएईको रसअलखेमाहमा कार्यरत पोखराकी जेनिसा गुरुङको मंगलबार बिहान सडक दुर्घटनामा परी मृत्यु भएको हो । 


आफ्नै साथीसँग दुबईबाट फर्कने क्रममा गुरुङ चढेको सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर घाइते भएका छन्। दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भने गुरुङको शव स्थानीय साकार अस्पतालमा राखिएको छ।मृतक गुरुङकी श्रीमान् हाल वैदेशिक रोजगारीकै क्रममा कतारमा कार्यरत रहेका छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।