मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

फेरि सर्‍यो आमिरको ‘लाल सिंह चड्ढा’

मङ्गलबार, ०३ फागुन २०७८, १८ : ५१
मङ्गलबार, ०३ फागुन २०७८

मुम्बई । अभिनेता आमिर खान अभिनीत प्रतीक्षित फिल्म ‘लाल सिंह चड्ढा’ को प्रदर्शन मिति फेरि सरेको छ । १४ अप्रिलमा  प्रदर्शन तयारीमा रहेको फिल्म सरेर ११ अगस्टमा पुगेको छ ।

निर्माण ब्यानर आमिर खान प्रोडक्सनले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति परिवर्तन भएको जनाएको हो । निर्माण युनिटले लेखेको छ ‘हामी लाल सिंह चड्ढा’ ११ अगस्टमा रिलिज हुने घोषणा गर्दछौ । हाम्रो फिल्म अझै तयार नभएकोले हामीले यो निर्णय लिएका हौ ।’

फिल्ममा आमिरको अलवा करिना कपुर, नागा चैतन्य लगायतको मुख्य भूमिका छ । फिल्म अद्धेत चन्दले निर्देशन गरेका हुन् । यस फिल्ममा आमिरसँगै करिना कपुर खान र नागा चैतन्य पनि देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप