अवैध उत्खनन् आरोपमा स्काभेटर र टिपर प्रहरीको नियन्त्रणमा
धनुषाको कमला खोलमा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको आरोपमा प्रहरीले एक स्काभेटर र आधा दर्जन भन्दा बढी टिपर नियन्त्रणमा लिएको छ । गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन् गररिरहेको उजुरीको आधारमा प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको संयुक्त प्रहरी टोलीले सो स्काभेटर र टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
यसैबीच सरकारी मोटरसाइकल चोरी गरेको आरोपमा एक नाबालकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ बस्ने श्याम यादव (नाम परिवर्तन ) रहेको धनुषा प्रहरी नायब उपरीक्षक बस्नेत रहेका छन् ।
आरोपितले धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ स्थित ठाडी का वडा अध्यक्ष विनोद गोईतमान चढ्ने पल्सर मोटरसाईकल चोरी गरेको आरोप लागेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या