समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला स्थगित
मङ्गलबार, ०३ फागुन २०७८, १८ : ३४
नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन नेपालको फागुन ७ गतेको राष्ट्रिय भेला स्थगित भएको छ । भेलाका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाएपछि भेला स्थगित गरिएको हो ।
‘आज २०७८ फागुन ३ गते काठमाडौँमा बसेको सचिवालयको बैठकले जिल्ला प्रशासन कार्यालयबाट जारी ‘स्वास्थ्य मापदण्ड’ भित्र नपरेको भनी अनुमति प्राप्त हुन नसकेकाले २०७८ फागुन ७ गते काठमाडौँमा हुने भनिएको राष्ट्रिय भेला तत्कालको लागि स्थगित गर्ने सर्वसम्मत निर्णय भएको व्यहोरा सम्बद्ध सबैमा अवगत गराइन्छ’, संगठनका महासचिव भूपराज खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सो बैठकले आगामी चैत १२ गते विस्तारित बैठक राख्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा