शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव

मङ्गलबार, ०३ फागुन २०७८, १८ : १६
मङ्गलबार, ०३ फागुन २०७८

संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । 

सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । 

बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने अवस्था भने रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप