शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

फिल्म ‘ह्रस्व दीर्घ’ बनाउँदै नीता र हरिहर

मङ्गलबार, ०३ फागुन २०७८, १८ : १३
मङ्गलबार, ०३ फागुन २०७८

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाले फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने भएका छन् । नीताको निर्देशन रहने फिल्ममा नीता र हरिहरनैै मुख्य कलाकार जोडीको रुपमा देखिनेछन् ।
फागुन अन्त्यबाट छायांकनमा निस्कने तयारी गरिएको फिल्मका बाँकी कलाकार छनौट भइरहेको छ । हरिहरले ‘शुभ लभ’ बाट अभिनयमा डेब्यु गरेका थिए । 

एक सार्वजनिक कार्यक्रममा भेटेपछि केही बर्षदेखी नजिकिएका हरिहर र नीता अहिले एक टेलिभिजन शोमा सहकार्य गरिरहेका छन् । शोमा हरिहर सञ्चालक र नीता निर्देशक रहेकी छन् ।
नीता र हरिहरले यस अगाडि गीतामाथि पनि फिल्म बनाउने घोषणा गरेका थिए । त्यो प्रोजेक्ट अहिले थाँती राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप