बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमसीसीबारे दलहरूको द्वैध चरित्रले देशलाई हित गर्दैन, अनुमोदन गरौँ : काँग्रेस

मङ्गलबार, ०३ फागुन २०७८, १७ : ४४
मङ्गलबार, ०३ फागुन २०७८

नेपाली काँग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा राजनीतिक दलहरूले द्वैध चरित्र देखाउन नहुने बताएको छ ।  सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा नेता प्रकाशशरण महतले एमसीसीबारे राजनीतिक दलको द्वैध चरित्रले देशलाई हित नगर्ने बताए । 

एमसीसीसँग सबै राजनीतिक दल जोडिएको प्रसङ्ग उल्लेख गर्दै उनले एमसीसी देशको हितमा रहेको र यसबारे फैल्याएको निराधार हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे । एमसीसी लागु भएमा अमेरिकी सेना आउने हल्ला निराधार रहेको भन्दै नेता महतले नेपालकै कानुनको परिधिमा रहेर एमसीसी परियोजनाबाट आउने रकम विद्युत् प्रसारण लाइन निर्माण र सडक निर्माणमा खर्च हुने जानकारी दिए । 

कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सहित सबै राजनीतिक दल एमसीसीसँग जोडिएको र पक्षमा रहेको जानकारी दिँदै उनले द्वैध चरित्र नदखाई अनुमोदन गर्न आग्रह गरे । एमसीसीबारे नियोजित रूपमा हल्ला फैलाइएको भन्दै उनले भ्रममा नपरी अनुमोदन गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप