मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा भ्रातृ संस्थाहरुको वर्तमान कमिटी भंग

मङ्गलबार, ०३ फागुन २०७८, १७ : ०१
मङ्गलबार, ०३ फागुन २०७८

नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ ।  मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । योसँग म्याद सकिएका भ्रातृ संस्था विघटन भएको ती पदाधिकारीको भनाइ छ ।

उनका अनुसार नेविसंघ, महिला संघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरु भंग गरिएको हो ।

काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्थामा  १० संस्थाको वर्तमान कमिटी भ‌ंग गरिएकाे छ । भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको ती पदाधिकारीले बताए । 

बैठकले नेपाल दलित संघलाई भने महाधिवेशनमा पठाउने निर्णय गरेको छ। बैठकले दलित संघलाई चैत ७ देखि १० गतेसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ।

सभापति देउवाले नेताहरुसँग परामर्श गरी भंग गरिएका नयाँ समिति फागुन मसान्तसम्म ल्याउने छन् ।  नेविसंघ र तरुण दलमा तदर्थ समिति ल्याउँदा विधानको व्यवस्था लागू हुने छैन । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘नेविसंघको विधान १२ औं महाधिवेशन लागु हुने गरी यो निर्णय भएको हो ।

अन्य तरुण दलमा पनि त्यस्तै छ । शुभेच्छुक संस्थालाई भने तत्काल अधिवेशन गर्ने काँग्रेसले निर्देश दिएको छ । काँग्रेसका १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको छ । यस्तै नयाँ भ्रातृ संस्थाबारे आगामी बैठकमा छलफल हुने महतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप