कोकाकोला मोःमोत्सवको सातौं संस्करण हुँदै
कोकाकोलाले यो वर्ष पनि मोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ । यो विश्वव्यापी कोक र खाजा परम्पराको नेपाली संस्करण हो । जसमा नेपालीको खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ । यो क्याम्पेनको लागि कोकाकोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै उपभोक्तालाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको छ । यो क्याम्पेन हरेक अंग्रेजी वर्षको शुरुवातमा आयोजना गरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म हुँदैछ ।
क्याम्पेनको बारेमा बोल्दै कोकाकोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने ‘विश्वव्यापी रुपमा हामीले संचालन गरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७ वर्षअघि कोकाकोला मोःमोत्सव शुरु गरेका थियौ । यहाँसम्म आइपुग्नको लागि हाम्रो उपभोक्ताले दिनुभएको माया र साथको लागि हामी आभारी छौं । यो क्याम्पेन भरि हामीले कोक र नेपालीहरुको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । यसको ट्यागलाइन ‘कोक प्लस मःम, स्वादको रियल म्याजिक’ रहेको छ । जसले कोक र मःम खाने उपभोक्ताहरुले स्वादको रियल म्याजिक पाउन सक्ने सन्देश दिन्छ ।
त्यस्तै, बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ‘कोकाकोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजा मःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न शुरु गरिएको यो महोत्सव क्याम्पेनको सातौं संस्करण मनाउँदै छौं । यस वर्षको स्लोगनले भनेजस्तै कोक र मःमको बेजोड स्वादसँगै हामी उपभोक्तासँग अझै नजिक हुने बताए ।
यो अभियानमा कोकाकोलाका ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको छ । कोक र मःम खाने उपभोक्ताहरुले उनीहरुसँग भेट्न र फोटो खिच्ने मौका पाउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला मादल प्रतियोगितामा सल्यानकी सुशीला प्रथम
-
विद्युतीय सवारीमा पछुताएको सरकारले यसपटक बजेटमार्फत ट्याक्स बढाउँदैछ ?
-
दरबारमार्गबाट हुन्डीको करिब एक करोड रकमसहित दुई जना पक्राउ
-
पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक काठमाडौँबाट पक्राउ
-
चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता, दुई सय ७८ खारेज
-
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण