शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा बागेश्वरी मन्दिरलाई सहयोग

मङ्गलबार, ०३ फागुन २०७८, १६ : ३४
मङ्गलबार, ०३ फागुन २०७८

मुक्तिनाथ विकास बैंकले नेपालगञ्जस्थित बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई सिसिटिभी क्यामेरा सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले मन्दिर गुठी व्यवस्थापन समितिसँगको सहकार्यमा ८ थान सिसिटिभी क्यामेरा जडानको शुभारम्भ गरेको हो ।

कार्यक्रममा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ, मार्केटिङ प्रमुख बसन्त वक्शी, कोहलपुर क्षेत्रीय प्रमुख विजय के.सी., नेपालगञ्ज शाखाका प्रबन्धक परवीन के.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा मन्दिर गुठी व्यवस्थापन समितिको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । 

यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरूको संरक्षण गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप