मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्‍याउन सहकारी महासंघको दबाब

मङ्गलबार, ०३ फागुन २०७८, १६ : १४
मङ्गलबार, ०३ फागुन २०७८

राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउन सरकारसँग माग गरेको छ । मंगलबार अध्यक्ष मीनराज कँडेलको नेतृत्व गएको महासंघको टोलीले सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितलाई भेटी यस्तो माग गरेका हुन् ।

लिखित रुपमै सन्दर्भ ब्याजदर वृद्धि गर्न दबाब दिएका महासंघको प्रतिनिधि मण्डलले तीन दिनभित्र निर्णय लिन समेत अल्टिमेटम दिएका छन् ।
हाल सहकारी क्षेत्रमा १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर कार्यान्वयनमा रहेको छ । अहिले वाणिज्य बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर अफर गरिसकेको अवस्थामा सहकारीलाई १४.७५ प्रतिशत ब्याजदर तोकिनु गलत भएको सहकारी सरोकारवालाहरूले बताउँदै आएका छन् ।

 जसले सहकारीको पैसा बाहिरिएर व्यवसाय नै संकटमा पर्ने खतरा देखिएको भन्दै सरोकारवालाहरूले तत्काल सहकारीको सन्दर्भ ब्याजदर परिवर्तन गर्न दबाब दिएका छन् । यसअघि महासंघले अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेट गरि सन्दर्भ ब्याजदर परिवर्तन गरिदिन आग्रह गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप