नेप्सेमा एकैदिन ५३ अंकको वृद्धि, कारोबार भने बढ्न सकेन
मङ्गलबार, ०३ फागुन २०७८, १५ : २१
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५३ अंक माथिको वृद्धि आएको छ । आइतबार १०१ अंकले घटेर सोमबार स्थिर जस्तै रहेको बजारमा तेस्रो दिन अर्थात् मंगलबार पुन: ५४ अंक माथिको वृद्धि आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ५३.३० अंकले बढ्दै २७ सय ५४.२८ विन्दुमा उक्लिएको छ । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.८३ अंकले बढेर ५२२.१३ विन्दुमा पुगेको छ ।
आज सबैजसो उपसूचक धनात्मक भएर सेयर बजारमा हरियाली छाएको छ ।
तर ५३ अंक माथिले बढेको बजारमा कारोबार रकम भने राम्रो हुन सकेन । ५३.३० अंकले बढेको बजारमा जम्मा तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार