‘युरेनियम’ कारोबार गरेको आरोपमा बौद्धबाट ६ जना पक्राउ
३ किलो युरेनियम जस्तो धातु बरामद
मङ्गलबार, ०३ फागुन २०७८, १५ : १९
काठमाडौंको बौद्धबाट प्रहरीले ‘युरेनियम’ कारोबार गरेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक छन् ।
आरोपीहरुको साथबाट युरेनियम जस्तो देखिन ३ किलो धातु बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले रातोपाटीलाई बताए । उनले भने, ‘सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि भएको छैन्, प्रयोगशालामा परीक्षण गर्न पठाउँछौं ।’
थप मानिस पक्राउ गर्न बाँकी रहेको भन्दै प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन । २०७७ फागुनमा पनि प्रहरीले बौद्धबाट २ केजी युरेनियम जस्तो धातु सहित ४ जनालाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
-
एक वर्षमा काठमाडौँमा २३ सय २५ साइबर ठगीका घटना
-
भेलाको तयारीबारे छलफल गर्न कांग्रेस इतर समूहको बैठक बस्दै
-
वरुण बेभरेजमा सरकारी छापा : सेभेन अपको उत्पादन र बिक्री वितरणमा रोक्न निर्देशन
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृत २० हजार धरौटीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण