मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

साहित्यकार तारानाथ शर्मा अब सम्झनामा मात्रै, पशुपति आर्यघाटमा अन्त्येष्टि (फोटोफिचर)

मङ्गलबार, ०३ फागुन २०७८, १५ : १४
मङ्गलबार, ०३ फागुन २०७८

साहित्यकार तथा समालोचक तारानाथ शर्मा (ताना शर्मा) को निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाबहिलमा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्तिम अन्त्येष्टि गरिएको छ । उनप्रति श्रद्धाञ्जली अर्पण गर्न साहित्यअनुरागीका साथै शुभेच्छुकहरु आर्यघाट पुगेका थिए । 


 
१९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए । 

झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उनका श्रीमती र दुई छोरा छन् । 

तस्बिरहरु 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप