सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेइजिङ ओलम्पिकमा पदक जित्ने खेलाडीले कति नगद पाउछन् ?

मङ्गलबार, ०३ फागुन २०७८, १४ : ०५
मङ्गलबार, ०३ फागुन २०७८

यस वर्ष २०२२ को शीतकालीन ओलम्पिक बेइजिङमा चलिरहेको छ । जसमा २०० भन्दा बढी पदक खेलाडीलाई दिई सकिएको छ । पदक पाउने विषय राष्ट्रिय गौरवको विषय पनि हो । विजेताहरूका लागि उनीहरुले पदक आफ्नो देशमा लगेपछि उनीहरुलाई लाखौं डलरको प्रायोजनको अवसर पनि हुनेछ । उनीहरुलाई पदकको बदलामा नगदै पनि दिइन्छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पदक विजेतालाई पैसा उपलव्ध गराउँदैन । तर स्वयं देशले आफ्ना खेलाडीहरुलाई गृष्मकालीन र शीतकालीन ओलम्पिकमा पदक जितेकाहरूलाई मौद्रिक वा पैसा नै प्रस्ताव गर्छन् ।

तथ्यांकले अमेरिकी ओलम्पिक र पारा ओलम्पिक कमिटीले प्रत्येक स्वर्ण पदक विजेतालाई ३७,५०० डलर, रजत पदक विजेतालाई २२,५०० डलर र कास्य पदक विजेतालाई १५,००० डलर दिने गरेको देखाएको छ । धेरैजसो पुरस्कारको पैसामा कर लाग्दैन । खेलाडीले आफ्नो खुद आम्दानी १० लाख डलर ननाघेको समयमा यो व्यवस्था गरिएको छ ।

अमेरिकी खेलाडीहरूले अन्य किसिमका सहयोग पनि पाउनेछन् । जस्तै स्वास्थ्य बिमा र कजेजको ट्यूसन सहयोग । अमेरिकाले बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न २०० खेलाडी पठाएको छ । अमेरिकी खेलाडीको टोलीले ७ वटा स्वर्ण पदक, ६ वटा रजत र ३ वटा कास्य पदक हात पारिसकेका छन् ।

अन्य मुलुकले कति भुक्तानी गर्छन् ?
पदक विजेता खेलाडीलाई सिंगापुरले अमेरिकाको तुलनामा २० गुणा बढी रकम भुक्तानी गर्दै आएको छ । यहाँ स्वर्ण पदक विजेतालाई १० लाख सिंगापुर डलर अर्थात ७ लाख ३७ हजार अमेरिकी डलर दिइन्छ । यो पुरस्कार रकम कर योग्य हुन्छ ।

काजाकस्थानले आफ्ना स्वर्ण पदक विजेता खेलाडीहरुलाई २ लाख ५० हजार अमेरिकी डलर राशीको रकम दिन्छ । इटालीले २ लाख १३ हजार, फिलिपिन्सले २ लाख डलर र मलेसियाले पनि ठूलै रकमको प्रस्ताव गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप