सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने
राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।
नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको छ भने ८ प्रकारका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
तर, यता कर्जा तर्फ बैंकले ९ देखि १२ प्रतिशतसम्म ब्याज लिने जनाएको छ । बैंकले हाल विभिन्न २२ प्रकारका शीर्षकमा व्यावसायिक कर्जा प्रदान गर्दै आएको छ ।
एक मात्र राष्ट्रिय सहकारी बैंकले हाल प्रारम्भिक सहकारी संस्था, विषयगत तथा केन्द्रीय सङ्घहरूसँग मात्र बचत तथा ऋणको कारोबार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती