सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कमलविनायकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मङ्गलबार, ०३ फागुन २०७८, १२ : ५५
मङ्गलबार, ०३ फागुन २०७८

भक्तपुरको कमलबिनायक च्यामासिंहमा बस र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्की रहेका छन् । 

गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा सोमबार बेलुकी साढे ८ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सोमबार बेलुकी ८ बजे बा ३ ख ४७ ६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका थिए । दुबै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप