सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेनमाथिको हमलामा रुसलाई चीनले साथ दिने

मङ्गलबार, ०३ फागुन २०७८, १२ : ४५
मङ्गलबार, ०३ फागुन २०७८

रुस र युक्रेन युद्धको मुखैमा आइपुगेका छन् । रुसले ठूलो संख्यामा ट्यांक, क्षेप्यास्त्र र सेना तैनाथ गरेको छ । यसैगरी युक्रेनले पनि सीमामा १.३० लाख भन्दा बढी सैनिक तैनाथ गरेको छ । सोमबार अमेरिकाले भनेको छ,‘हामीलाई रुसले यस्तो किसिमबाट आक्रमण गर्न सक्छ भन्ने विश्वास नै भइरहेको छैन ।’ पेन्टागनका प्रवक्ता जोन किरबीले भने,‘यो संकटलाई मध्यनजर गर्दै रक्षा मन्त्री युरोप जाने योजनामा रहेका छन् ।’

किरबीले भने,‘हामीलाई विश्वास भइरहेको छैन, युुद्धलाई लिएर अन्तिम फैसला  लिइएको छ । कुनै पनि दिन युद्ध सुुरु हुन सक्छ । रुसले कुनै चेतावनी दिएर वा नदिइकनै हमला गर्न सक्छ ।’ फेरि पनि कुटनीति बन्द हुन नहुने उनले बताएका छन् । यो नै युद्ध रोक्ने एक तरिका हो ।

चीनलाई लिएर के भन्छ अमेरिका 
युक्रेनसँगको तनावमा चीनले रुसको साथ दिएको छ । यसलाई लिएर अमेरिकाले यो अत्यन्त खतरापूर्ण हुन सक्ने बताएको छ । किरबीले भने,‘यदि यस किसिमबाट चीनले चलाखी गर्छ र उसले रुसलाई समर्थन ग¥यो भने थप अस्थिरता आउने र युरोपको सुरक्षा स्थिति गम्भीर हुन सक्छ । यसको असर युरोपमा पर्न सक्छ ।’

चीन खोजिरहेको छ आफ्नो फाइदा
चीन पश्चिमी युरोपबाट आफ्नो फाइदा खोलेकाले उ रुसको समर्थन गरिरहेको छ । जानकारका अनुसार रुस र चीनबीचको सम्बन्ध अगाडि बढिरहेको छ । चीनका अनुसार नेटोले अमेरिकाको नेतृत्वमा रुस र चीन जस्ता देशको बिरुद्धमा काम गरिरहेका छन् ।

केही जानकारका अनुसार स्टालिन र माओको समयदेखि रुस र चीनमा वैचारिक सामिप्यता थियो । रुस र चीन दुवै देशको पश्चिमा देशका साथ तनाव रहदै आएको छ ।

चीन रुससँग मिलेर अमेरिकालाई कयौ मोर्चामा पछि धकेल्न चाहन्छ । यदि तनावकाबीच अमेरिकाले रुसमा प्रतिबन्ध लगायो भने चीन उसको सहयोगी बन्द सक्छ । यदि युद्धको बीच अमेरिकाको ध्यान अन्यत्र मोडियो भने व्यापारिक स्तरमा चीनले फाइदा उठाउन सक्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप