सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने संकेत

मङ्गलबार, ०३ फागुन २०७८, १२ : ३३
मङ्गलबार, ०३ फागुन २०७८

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गर्नुभएको छ। युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।

जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।’ उल्लेख गरेका छन् ।

उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ । रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरू बीच चिन्ता  र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा छिटो र गम्भीर लागत लाग्ने बताएका थिए। बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि ‘अब कुनै पनि दिन’ आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप