अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको मद्दत गर्ने घोषणा
रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ ।
ब्लिङ्कनले भने, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख सुधारको समर्थन दिनका लागि अमेरिका १ बिलियन डलरको ऋण दिनेछ । यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत गर्नेछ ।’
यसअघि अमेरिकी राष्ट्रपति जो बोइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए, ‘युक्रेन संकटको कुटनीतिक समाधानका लागि सबै आशा अहिले नै समाप्त भएका थिएनन् । युक्रेनमा रुसको सैन्य कारवाहीको चेतावनीपश्चात् पनि एउटा सम्झौता अहिले पनि सम्भव छ ।’
US Secy of State Antony Blinken: We're working closely with allies to mobilize robust international support for Ukraine, including a US-backed sovereign loan guarantee of up to $1 billion to support key reforms. It'll bolster Ukraine’s ability to deliver prosperity for its people pic.twitter.com/pDi68tNSxq
— ANI (@ANI) February 15, 2022
दुबै नेताले फोनमा भएको कुराकानीमा यसबारे सहमति व्यक्त गरेका थिए ।
रुसले युक्रेनको सीमामा एक लाख सैनिक तैनाथ गरेको छ, तर उनीहरुले हमलाको कुरालाई अस्वीकार गर्दै आएका छन् ।
लगभग दर्जन बढी देशले आफ्नो नागरिकलाई तुरुन्त युक्रेन छोड्न भनेको छ । यस्तै अमेरिकाका अनुसार युक्रेनमाथि हवाई हमला कुनै पनि बेला सुरु हुनसक्छ । अमेरिकाले आफ्ना सबै नागरिकलाई युक्रेन छोड्न सल्लाह दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?