शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

सरुवाप्रति डा. गौतम असन्तुष्ट, राजीनामा दिने

मङ्गलबार, ०३ फागुन २०७८, १० : ३७
मङ्गलबार, ०३ फागुन २०७८

स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौंडाले गरेको सुरुवाप्रति भक्तपुर अस्पतालकी निवर्तमान प्रमुख डा. सुमित्रा गौतमले असन्तुष्टि जनाएकी छिन् । केही दिन अगाडि मन्त्रालयले उनलाई जिल्ला अस्पताल धादिङमा सरुवा गरेको थियो । ‘सो सरुवा प्रति मेरो सहमति छैन, यहाँ भन्दा माथिल्लो निकायमा सरुवा भएको भए मान्थेँ, तर तल्लो निकायमा गरिएको सरुवा गरेर मेरो अपमान गरिएको छ’, उनले भनिन् ।

सरकारको मूल्याङ्कनमा ३८ अंक प्राप्त गरेको अस्पताललाई आफूले ८२ अंक आउने बनाएको र एउटा आइसीयू नभएको अस्पतालमा हाल ३६ शैयाको आइसीयु अस्पताल बनाउँदा पनि मूल्यांकन नभएको उनको गुनासो छ । 
‘देश र जनताको सेवा गर्न थालेको १४ वर्ष भयो, जसमा १२ वर्ष राजधानी बाहिरका जिल्लामा बसेर काम गरेँ, पहुँच हुने र भनसुन गर्नेलाई सधैँ सहज अनि हामीजस्ताको भने अवमूल्यन हुने ?’ डा. गौतमले आक्रोश पोखिन् । 
बाँके, सिरहा, सिन्धुली जिल्लाका अस्पतालमा उनले काम गरिसकेकी छिन् । उनको कार्यकालमा सिन्धुली अस्पताल दुई पटक उत्कृष्ट अस्पताल भएको थियो । 

भक्तपुर अस्पताललाई पनि प्रदेश सरकारले उत्कृष्ट अस्पताल भन्दै पुरस्कृत गरको थियो । सरुवामा पुर्नविचार नभए बिदा अवधि सकिएपछि सरकारी सेवाबाट राजीनामा दिने तयारीमा रहेको उनले बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप