ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
मङ्गलबार, ०३ फागुन २०७८, ०९ : ५६
सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स १ त ६ १०८ नंको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ महुकीमा दुर्घटना हुँदा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
दुर्घटनामा सोही ठाउँका २९ वर्षीय श्रीप्रसाद मण्डल र १८ वर्षीय युवराज सदा घाइते भएका छन् । मण्डल ट्र्याक्टरचालक हुन् भने अन्य मजदुर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन