बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सैनामैना नगरपालिकाद्वारा शिक्षकलाई ल्यापटप

मङ्गलबार, ०३ फागुन २०७८, ०७ : ४७
मङ्गलबार, ०३ फागुन २०७८

रुपन्देहीको सैनामैना नगरपालिकामा शिक्षाको गुणस्तर बढाउनको लागि सामुदायिक विद्यालयका शिक्षकहरूलाई ‘एक शिक्षक एक ल्यापटप’ भन्ने  नीति अनुसार ल्यापटप वितरण गरिएको छ । सोमबार एक कार्यक्रमको बीच  नगर प्रमुख चित्रबहादुर कार्कीले नगरका १७ वटा सामुदायिक विद्यालयका १ सय ६० जना शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।

मेयर  कार्कीले प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता भन्ने नारा सहित कार्यक्रम यसरी  ल्यापटप वितरण गरिएको बताए । २५ प्रतिशत लागत सहभागितामा नगरपालिकाका १७ विद्यालयका १ सय ६० जना शिक्षकहरूलाई सो ल्याप्टप वितरण गरिएको हो ।

कार्कीले ‘एक शिक्षक, एक ल्यापटप,एक कक्षाकोठा एक प्रोजेक्टर भयो भने, राम्रो हुन्छ भन्ने सुझाव आयो, सोही बमोजिम ल्यापटप वितरण गर्‍यौँ र प्रोजेक्टरको प्रक्रिया अघि बढेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद तिवारीले रु.१ करोड २० लाख ९५ हजार ५२० मा १६० थान ल्यापटप खरिद गरिएको जानकारी दिए । उनले नगरपालिकाको ७५ प्रतिशत लागत र शिक्षकहरूको २५ प्रतिशत लागतमा उक्त ल्यापटप वितरण प्रदान गरिएको बताए । प्रति ल्यापटप ७५ हजार ५ सय ९७ रुपैयाँ लागत रहेको छ ।

यस अघि पनि नगरपालिकाले अनुदानमा ल्यापटप वितरण गरेकी थियो । सैनामैनाका १७ विद्यालय पर्रोहा मावि, रामापुर मावि, पशुपति मावि, सैनामैना मावि, दुर्गा भवानी मावि, पश्चिम पर्रोहा मावि, सरस्वती मावि, मलमला मावि, कोटियादेवी मावि, जनकल्याण माविका शिक्षकलाई वितरण गरिएको नगर शिक्षा शाखा प्रमुख हेमराज अर्यालले जानकारी दिए ।त्यस्तै जनज्योति आधारभूत विद्यालय, महेरवा आधारभूत विद्यालय, जनचेतना मावि,राष्ट्रिय मावि, कालिका मावि लगायतलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप