शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

हराएको खोप खोजी गर्न गठित समितिले बुझायो प्रतिवेदन

सोमबार, ०२ फागुन २०७८, २२ : ०५
सोमबार, ०२ फागुन २०७८

हराएको २४ लाख मात्रा खोप खोजी गर्न गठन गरिएको ५ सदस्यीय छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।  विगत एक वर्षदेखि देशभर खोप अभियान सञ्चालन हुँदै आएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले २४ लाख मात्रा खोप रेकर्डमा नरहेको बताएपछि सरकारले खोप छानविन समिति गठन गरेको थियो ।  डा. गुणराज लोहनीको अध्यक्षतामा गठित ५ सदस्यीय खोप छानविन समितिले सोमबार प्रतिवेदन बुझाएको मन्त्री खतिवडाका प्रेस संयोजक शान्तराम बिडारीले जानकारी दिए ।

यद्यपि, छानविन समितिले प्रतिवेदन तयार पारिरहँदा शुक्रबार मन्त्री खतिवडाले कोरोना विरुद्धको खोप नहराएको जिकिर गरेका थिए । खोप छानविन समितिको सदस्य सचिवमा डा.गुणनिधि शर्मा र डा.अभियान गौतम, सदस्यहरूमा यशोदा अर्याल र अनिल थापा रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप