आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको ५० औँ एक्सटेन्सन काउन्टर गोरखा चित्रेपोखरीमा

सोमबार, ०२ फागुन २०७८, २१ : १४
सोमबार, ०२ फागुन २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकता मध्यनजर गरी सिरानचोक शाखाको मातहतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

चित्रेपोखरीमा बैंकको ५० औँ एक्सटेन्सन काउन्टर उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले गरे । ‘सबैका लागि बैंक’ भन्ने नारासाथ २७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको बैंकको दाबी छ । 

बैंकले देश र विदेशमा बैंकिङ्ग सेवासम्म पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन र राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप